....´लौं पानी नभएको बेलाँ जाती भो,´ कोरेली गाईले गहुत्याउँदै गर्दा बाले हत्तपत्त गोबर लिपिएको हात पखाल्दै भने, ´यो गाई साह्रै गुनी छ।´ हो बा, मान्छेभन्दा जनावर गुनी भएको देश हो यो। जिउँदो गैँडाको खाग उखेल्छन् मान्छे। पैसाका लागि हात्तीका दाह्रा उप्काउँछन्, बाघ मार्छन्, विदेशमा बाँदर बेच्छन्। आफ्नै छोरीचेली बेच्नेसँग अरू के कुरा? ´हामी जन्तु यिनीहरू मान्छे, है बा?´ बा हाँसे।
´पत्रिकाँ के लेख्छस् त, सम्चार?´ मैले हो भन्दै टाउको हल्लाउँदा उनले थपे, ´कस्तो?´। साँच्ची म कस्तो समाचार लेख्छु? मैले यो प्रश्न कहिल्यै आफूलाई सोधिन। मलाई थाहा छ, मेरो कलमले हुम्लाको भोक बोल्नुअघि पिज्जा र बर्गरको इतिहास कोर्ने गर्छ। डोल्पाको विकराल स्वास्थ्यबारे बेखबर यो कलम नेतालाई ज्वरो आउँदा मसी वाक्ने गर्छ। ताप्लेजुङको १५ दिने कठिन पैदलबारे १५ हरफ कोर्न नपाउँदै काठमाडौंको १५ मिनेट जामबारे पाँच पान्ना भरिन्छ। मन कुँडाउँदै भन्नुपर्छ, हो बा म समाचार लेख्छु, ´कस्तो´ हैन ´सस्तो´।.... (साभार: दैनिकी डट कम)
Monday
´कस्तो´ हैन ´सस्तो´
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment